चाइना मिडिया ग्रुपका महा निर्देशक र टर्कीस् रेडियो तथा टेलिभिजन संस्थाका अध्यक्षबीच भेटघाट

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत प्रचार-प्रसार विभागका उपमन्त्री एवं चाइना मिडिया ग्रुपका महा निर्देशक शन हाई स्युङले अप्रिल अठार तारिख टर्कीस् रेडियो तथा टेलिभिजन संस्थानका अध्यक्ष इब्राहिम एरनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ। उहाँहरूले विभिन्न क्षेत्रको व्यावहारिक सहयोग बढाउने र दुई मुलुकका जनताबीचको पारस्परिक समझदारीलाई घनिष्ठ पार्ने आशा व्यक्त गर्नुभएको छ।

महानिर्देशक शन हाई स्युङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको “बेल्ट एण्ड रोड” प्रस्ताव अन्तर्राष्ट्रिय समाजद्वारा सक्रियताका साथ प्रतिक्रिया जनाइएको र स्वीकार गरिएको बताउँदै टर्की “बेल्ट एण्ड रोड” मा आबद्ध मुलुक रहेको र चीन तथा टर्की दुबै मुलुकका सञ्चार-माध्यमहरूले चौतर्फी सहयोगलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले चाइना मिडिया ग्रुपले टर्कीस् रेडियो तथा टेलिभिजन संस्थासँग विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलाई बढाउने, रणनीतिक सहयोग सम्झौताबारे तीब्र रुपमा छलफल गर्ने र दुई मुलुकका जनताबीचको पारस्परिक समझदारीलाई घनिष्ठ पार्ने मनसाय लिएको कुरा बताउनुभयो।

प्रत्युत्तरमा इब्राहिम एरनले टर्कीस् रेडियो तथा टेलिभिजन संस्था टर्कीको एक मात्रै सार्वजनिक सञ्चार-माध्यम रहेको भन्दै चाइना मिडिया ग्रुपसँग चलचित्र, टिभी नाटक सुटिङ गर्ने, चीनको संस्कृति, इतिहास, पर्यटनबारे टर्कीस् जनतालाई जानकारी दिने आशा लिएको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *