घृणाभाव रोक्न राष्ट्रसंघका महासचिवको आह्वान

ram naam satya
संयुक्त राष्ट्र संघका महासचिव अन्टोनियो गुटेरेसले छब्बीस तारिख अन्तर्राष्ट्रिय समूहले मिलेर घृणाभाव फैलिनबाट रोक्न आह्वान गर्नुभएको छ।

जनवरी २७ तारिख अन्तर्राष्ट्रिय नरसंहार स्मरण दिवस हो। सो अवसरमा गुटेरेसले भिडियोमार्फत् सम्बोधन गरी यस अवसरमा संयुक्त राष्ट्रसंघले उक्त नरसंहारमा मृत्यु भएका साट्ठी लाख यहूदीबारे स्मरण गरेको भन्दै उक्त हिंसा फैलिएको युगमा धेरैको ज्यान गुमाएका थिए तर आजकाल दोस्रो विश्व युद्ध सकिएको दशौँ वर्ष भइसकेको बेला यहूदी विरोधी भावना अझै फैलिरहेको छ, भन्नुभयो।

गुटेरेसले नयाँ नाजिस, सेतो सर्वोच्चता समूहलगायत समुदाय घृणा भावना फैलिने मुख्य समुदाय हो तर धेरै क्षेत्रमा उक्त घृणाको भावना समाज तथा राजनीतिको मुख्य प्रवाहमा पेस हुँदैआएको जानकारी दिनुभयो। हातमा हात मिलाएर उक्त घृणाभावको प्रवृत्तिको प्रतिरोध गर्नुपर्ने पनि उहाले दोहोर्‍याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *