घरजग्गा कारोबारमा उच्च वृद्धि

ram naam satya
(GMT+08:00) 2017-12-11 16:22:18

       पछिल्लो समय थलिएको घरजग्गा कारोबार तंग्रिन थालेको छ। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार पछिल्लो एक वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्या ९ प्रतिशतले बढेको छ। घरजग्गा कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि ३९.८ प्रतिशतले उक्लिएको छ। राष्ट्र बैंकको आर्थिक गतिविधि ०७३-७४ प्रतिवेदनअनुसार पछिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्र पनि विस्तार भएको छ। प्रतिवेदनले पर्यटकस्तरीय होटल तथा लजको संख्या ७.९ प्रतिशतले बढेको तथा बेडको संख्या ६.८ प्रतिशतले बढेको जनाएको छ। साथै प्रतिवेदनले यस अवधिमा पर्यटक आगमन पनि २९.२ प्रतिशतले बढेको देखाएको कारोबारदैनिकले लेखेको छ।

राष्ट्र बैंकले आर्थिक गतिविधि ०७३–७४ प्रतिवेदन काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी वरपरका ५७ जिल्लामा गरेको अध्ययनका आधारमा तथ्यांक विश्लेषण गरि निकाल्छ। देश संघीयतामा गइसकेको भए पनि अध्ययनका अनुसार पुँजी परिचालन भने अझै काठमाडौं केन्द्रित नै देखिन्छ। निक्षेप संकलन तथा कर्जा प्रवाहमा काठमाडौं क्षेत्रको अंश ठूलो रहेको प्रतिवेदनले औंल्याएको छ। निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.३ प्रतिशत छ भने कर्जा ५१.७ प्रतिशत छ। यद्यपि निक्षेप संकलन हिस्सा नबढे पनि काठमाडौंले अघिल्लो वर्ष ५३ प्रतिशत ऋण विस्तार गरेको थियो।

यस्तै, बैंकहरुको सञ्चालनका लागि प्रमुख पुँजी आधार निक्षेपमा काठमाडौंको नै बढी योगदान छ। अध्ययन गरेका ८ प्रमुख सहरमध्ये काठमाडौंको मात्रै ६८ प्रतिशत योगदान रहेको केन्द्रीय बैंकले जनाएको हो। बैंक तथा वित्तीय संस्थाले काठमाडौंबाट १५ खर्ब ५९ अर्ब रुपैयाँबराबरको निक्षेप पाएका छन् भने कुल २२ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपमा त्यसपछि पोखरा, विराटनगरको हिस्सा धेरै छ। त्यस्तै, कर्जामा बढी प्रयोग हुने क्षेत्रमा पनि काठमाडौं अग्रस्थानमा छ।

कुल १९ खर्ब ८१ अर्बमा काठमाडौंमा मात्रै ५४ प्रतिशत रकम कर्जाको रुपमा खपत भएको छ। कर्जामा पनि काठमाडौंपछि विराटनगरबाट बढी माग देखिएको छ। औद्योगिक क्षेत्रमा गएको कर्जा २१ प्रतिशतले बढेर ६ खर्ब ३७ अर्ब पुगेको छ।

अध्ययन क्षेत्रमा कुल निक्षेप १८.२ प्रतिशतले बढ्दा ऋण विस्तार २२.८ प्रतिशतले भएको छ। निक्षेप संकलनभन्दा कर्जा विस्तार बढी भएका कारण कर्जा–निक्षेप अनुपात ८२.८ प्रतिशतबाट बढेर ८६.१ प्रतिशत पुगेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *