

सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको १० सदस्यीय प्रतिनिधिमण्डलले गृहमन्त्री रामबहादुर थापा `बादल´ लाई ३ सूत्रीय ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा सुगौली सन्धिमा गुमेको जमिन फिर्ता लिन कदम चाल्नुपर्ने, हालै दार्चुलाको व्यास गाउँपालिकाको वडा नं. १ र २ मा भारतले निर्माण गरेको पुल, सडक र पैदलमार्गका कारण नेपालको सार्वभौमसत्तामाथि अाघात पुगेको हुँदा त्यहाँ सशस्त्र प्रहरी बल तैनाथ गर्नुपर्ने माग गरिएको छ ।

