

“तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ”–उहाँले भन्नुभयो। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसार पर्वका अवसरमा तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ। पर्वले नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना पनि राष्ट्रपतिले दिनुभयो। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, अन्य पूर्वप्रधानमन्त्रीहरू तथा शीर्ष नेताहरूले पनि तमु ल्होसारको शुभकामना दिएका छन्।
