

युवा पुस्ताका लोकप्रिय चर्चित गायक सुनिल गिरीको सब्द/संगीतमा गायक स्वयम कै आवाज र पूनम मिस्रको आवाजमा कोसेली बोल रहेको गीत सार्बजनिक भएको छ । यस अघी नै धेरै हिट गीत दिइसकेका गायक गिरीका को होला त्यो,देउराली भन्ज्याङ,कस्तो यो मन ,सोल्टिनीजस्ता उत्कृष्ट गीत हरुलाई दर्शकहरुले अत्याधिक मनपराइ सकेका छन ।

गायक गिरिलेनै आफै अभिनय गरेको उक्त गीतमा उनलाई साथ दिएकी छन अन्जली मगरले ।आशिष अबिरलको संगीत सम्योजन रहेको गीतलाई प्रबिन भट्टले सम्पादन गरेका छन ।दमौलीको बिभिन्न रमणिय ठाउमा खिचिएको गीतमा अबिनाश मानन्दरले ड्रोन चलाएका हुन र निर्देशन अनिल के मानन्दरले गरेका हुन । गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।


