गान्तोकमा फ्यान पार्क मार्फत आइपीएलको प्रचार गर्ने बीसीसीआई

गान्तोकमा फ्यान पार्क मार्फत आइपीएलको प्रचार गर्ने बीसीसीआई

ram naam satya

गान्तोक, 3 मई । हिमाली राज्य सिक्किमलाई पनि इण्डियन प्रिमियर लिग (आइपीएल) प्रचार प्रसारको निम्ति चयन गर्दै बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) ले आइपीएलको लीगको अन्तिम चारवटा खेललाई ठूलो पर्दामा प्रत्यक्ष प्रचार गर्ने निर्णय गरेको छ। बीसीसीआईले सिक्किम क्रिकेट एसोसिएशनसित मिलेर यो कार्यक्रमलाई आइपीएल फ्यान पार्कको रूपमा प्रचार प्रसार गर्ने छ। शनिबार र आइतबार हुने 4 अनि 8 बजीको अन्तिम चार लीग राजधानी गान्तोक नजिक गार्डस ग्राउण्डमा ठूलो पर्दामा म्याच प्रदर्शन सितै विभिन्न प्रतियोगिता आयोजन गर्ने निर्णय गरेको छ। प्रेस क्लब अफ सिक्किममा सिक्किम क्रिकेट एसोशिएशनका महासचिव सोनाम पाल्देन भोटिया र पीआरओ बरप नामग्याल भोटियाले पत्रकार सम्मेलन गरेर दुइ दिने फ्यान पार्क आयोजनको बारेमा अवगत गराए। महासचिव भोटियाले प्रत्येक दिन म्याचबारे दर्शकहरूमा प्रतियोगिता आयोजन गरेर 2 वटा मोबाइल सेट विजेतालाई पुरस्कार प्रदान गर्ने यसैगरि अन्य विभिन्न प्रकारको मनोरञ्जनात्मक प्रतियोगिता मार्फत पनि आइपीएल टीमको जर्सी र क्रिकेट ब्याट पारितोषितको रूपमा प्रदान गर्ने कार्यक्रम रहेको बताए।
उनले यस प्रकारको फ्यान पार्क आयोजन गरेर आइपीएलको जानकारी ग्रामीण र सूदुरवर्ती क्षेत्रमा पनि प्रचार गर्ने उद्देश्य रहेको बताए। बीसीसीआईले सिक्किम क्रिकेट एसोसिएशनसित मिलेर यो फ्यान पार्क सञ्चालन गर्ने निर्णय गरेको हो भन्दै सिक्किम लगायत आठवटा ठाउँमा यसप्रकारको पार्क लगाएर आइपीएलबारे प्रचार प्रचार गरिने पनि उनले बताए। देशभरिको आठवटा ठाउँ मध्ये सिक्किम पनि चयनित हुनु राम्रो कुरा हो भन्न उनले मन्तव्य व्यक्त गरे। यसैगरि पीआरओ बरपले दुइ दिने फ्यान पार्कमा स्थानीय युवा तथा क्रिकेट प्रेमीहरूको राम्रो भीड हुने आशा व्यक्त गरिएको बताए। महासचिव भोटियाले पछिल्लो वर्षदेखि सिक्किमले रञ्जी ट्रफिमा सहभागिता जनाउन थालेको अनि यस्तो कुराले सहयोग गर्ने तथा नयाँ खेलाडीहरूलाई उत्साह प्रदान गर्ने र आइपीएलबाट पनि जानकारी पाउने छ भनी आशा व्यक्त गरे। यो प्रचार प्रसार मार्फत सिक्किमे युवा खेलाडीहरूले भारतको राष्ट्रीय टीममा नभए पनि आइपीएलमा हिरो बनेर सिक्किमको नाम सुबास चलाउन सक्ने बताए। उनले अहिले राष्ट्रीय टिममा नभएका राम्रो खेलाडीहरू आइपीएलमा हिरो बनेको उदाहरण साझा गरे। क्रिकेटमा पनि सिक्किमे युवा खेलाड़ीहरूले पनि आफ्नो भविष्य निर्माण बारे जानकारी लिनसक्ने यो कार्यक्रमले जागरूकता प्रदान गर्ने महासचिव भोटियाले बताए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *