

– भरत दाहाल
गर्न चाहे ५ बर्षमा अाकाशपाताल हुन्छ
अाधार प्रसस्त छन्, कुरा नियतकाे हाे

स्वाधिनता नभै विकास हुँदैन :
गुलामि रहेसम्म विदेशीहरूले विकास हुन दिंदैनन्। दासत्वमा बाँचेकाहरूकाे शिर कहिल्यै माथि हुँदैन। १९५० काे अपमानजनक सन्धि एकपक्षिय रूपमा खारेज गर। ब्रिटीश र इण्डियनहरूले गर्दै अाएकाे सैन्य भर्तिमा प्रतिबन्ध लगाउ। खुला सिमा बन्द गर। दाेहरा नागरिकता खारेज गर। एनजिअाेहरू खारेज गर। इण्डियाले गैरकानूनी रूपमा बनाएका सिमावर्ति बाँधहरू बन्द गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पहल गर।
विकासकाे अाधाभूत जग कृषि हाे :
साँझबिहान हातमुख जाेर्न नसक्नेले विकास गर्दैन। कृषिकाे वैज्ञानिकीकरण गर। खाद्यान्नमा अात्मनिर्भरताका लागि सामुदायिक कृषि नीति बनाउ। भूमी नीति ल्याउ। विदेशीएका नागरीकहरूलार्इ सहज रूपमा फर्काउन कृषिमा ९० प्रतिसत अनुदान देउ। नेपालमा उत्पादन हुने कृषिजन्य उत्पादलार्इ मार पार्ने गरी गरिने अायातमा प्रतिबन्ध लगाउ।

जलविकास याेजना विना अात्मनिर्भरता संभव छैन :
देशका विभिन्न भागमा जलभन्डार बनाउ। पानीकाे बहुउद्देश्यीय उपयाेगकाे रणनीति ल्याउ। इण्डियाकाे षडयन्त्र पानी लैजाने मात्र हाे, त्यससंग भएका जलसंझाैताहरू या त नेपालकाे हितमा पुनरावलाेकन गर या खारेज गर। इण्डियन तेलमाथिकाे निर्भरतालार्इ राेक्न सबै क्षेत्रकाे विद्युतिकरण गर्ने याेजनामा काम अघि बढाउ।
ब्यापार असन्तुलन घटाउन क्षेत्रगत विकास :
कच्चा पदार्थहरूकाे अायातमा अाधारित उद्याेगहरूबाट नेपालकाे विकास हुँदैन। नेपालकाे जुन ठाउँमा जे चिजकाे उत्पादन गर्न संभव देखिन्छ, त्यस्ता क्षेत्रमा त्यसैसंग संबिन्धत उद्याेगहरू खाेल। यसबाट देशैभरि समान रूपले विकास हुन्छ र हजाराैं मानिसहरूले राेजगारी पाउँछन्।
चीनसंग रणनीतिक साझेदारी :
इण्डियन र पश्चिमाहरू नेपाललार्इ समाप्त पार्ने रणनीतिमा लागेका छन्। यिनीहरूकाे षडयन्त्रलार्इ चकनाचुर पार्न चीनसंगकाे राजनीति एवं विकास रणनीतिक साझेदारिकाे विकल्प छैन। चीनसंगकाे बहुअायामिक सम्बन्धलार्इ तिब्र रूपमा विकास गर। नेपालकाे हित र वास्तविक सम्बन्धका अाधारमा सबै देशहरूसंग फरकफरक विदेश नीति बनाउ।
