गरिबी निवारण कार्यमा राष्ट्राध्यक्ष सी चिन फिङको जोड

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले यही फेब्रुअरी बाह्र तारिख स छ्वान प्रान्तीय छङ तु शहरमा लक्षित गरिब निवारण कार्य बैठककफ अध्यक्षता गर्दै गरिबी निवारण कार्य प्रतिवेदन सुन्नुभयो। उहाँले आगामी तीन वर्षमा गरिने गरिबी निवारण नीतिको अध्ययन गरी महत्वपूर्ण निर्देशन दिनुभयो। सो अवसरमा सी चिन फिङले गरिबी निवारण कार्यमा कार्यरत् अधिकारी र गरिबी क्षेत्रका विभिन्न जातिका सर्वसाधारणलाई वसन्त चाडको शुभकामना पनि दिनुभयो।

राष्ट्राध्यक्ष सी चिन फिङले गरिबी निवारण नै पार्टीको उन्नाइसौँ महाधिवेशनमा उठाइएको तीनवटा मुख्य कार्यमध्येको एक हो भन्दै सम्पन्न समाजको समयमै निर्माण गर्न र पहिलो एक सय लक्ष्यलाई व्यवहारमा उत्तार्न निकै महत्वपूर्ण अर्थ रहेको दोहोर्‍याउनुभयो। उहाँले आगामी तीन वर्षमा तीन करोडभन्दा बढी गरिबलाई गरिबीबाट मुक्त गर्न निकै ठूलो दबाव रहेकोले विभिन्न प्रयास गरी चुतौतिको सामना गर्दै तयारी गर्नुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले हजारौँ वर्षयता चीन राष्ट्रसमक्ष देखिरहेको गरिबी समस्या ‌यही पुस्ताको हातमा ऐतिहासिक रुपमा समाधान हुने र यो नै हाम्रो सौभाग्य रहेको बताउनुभयो। सबैले मिलेर कोशिश गरी चीन राष्ट्र र सारा मानव जातिको लागि निकै महत्वपूर्ण अर्थपूर्ण रहेको यो महाकार्यलाई सम्पन्न गरौँ भन्ने कुरामा उहाँले विशेष जोड दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *