गगन थापामाथि आक्रमण, उनीसहित ७ घाइते

ram naam satya

काठमाडौं- कांग्रेस उमेद्‌वार गगन थापा चुनावी प्रचारमा रहेका बेला काठमाडौंको चपलीमा सोमबार बिहान आक्रमण भएको छ ।

बुढानिलकन्ठ चपलीमा घरदैलोमा रहेका समयमा साढे ११ बजे थापालाई लक्ष्यित गरी बम विस्फोट गराईएको हो ।

विस्फोटमा परी थापासहित सात जना घाइते भएका छन् । घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 

थापाको ढाडमा चोट लागेको छ । थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उमेद्‌वार हुन् । यस्तै शिक्षण अस्पताल महाराजगन्जका अनुसार २७ वर्षीय जयराज लामिछाने, ३९ वर्षीय राज काजी श्रेष्ठ, ३२ वर्षीय रेणु बरुवाल र ४७ वर्षीय श्याम कृष्ण श्रेष्ठ गम्भीर घाईते भएका छन्।

 

अन्य घाईतेहरुमा ४० वर्षीय ध्रुब खड्का, ४७ वर्षीय पूर्ण बहादुर श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४० वर्षीय गगन थापा, ४४ वर्षीय रविन्द्र कार्की, ४७ वर्षीय काशी लाल श्रेष्ठ र ५२ वर्षीय परशु राम थापा रहेका छन्।

साभार: देश सञ्चार

तस्बिर: गगन थापाको फेसबुक पेजबाट

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *