खाद्य सुरक्षामा नेपाल दक्षिण एशियामा अगाडि

ram naam satya

(GMT+08:00) 2017-11-15 15:36:40

भूकम्प, नाकाबन्दी र डुबान तथा बाढीपहिरोको समस्या लगातार भोग्दै आएको नेपालको खाद्य सुरक्षाको अवस्था भने दक्षिण एसियामै सबल देखिएको छ। विश्व खाद्य सुरक्षा दिवसको पूर्वसन्ध्यामा सार्वजनिक ‘विश्व भोकमरी सूचकांक (जीएचआई) २०१७’ प्रतिवेदनअनुसार विश्वका ११९ मुलुकमध्ये नेपालको स्थान ७२ औं मा छ। अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफरी), कन्सर्न वल्र्डवाइड र वल्र्ड हंगर हेल्प संस्थाले विश्वभर भोकमरीको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन्। प्रतिवेदनअनुसार ७२ औं स्थानमा रहेको नेपालले भोकमरी सूचकांकमा २२ अंक प्राप्त गरेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीको अवस्था सबैभन्दा धेरै अफगानिस्तान (१०७) र पाकिस्तान (१०६) मा नाजुक छ । त्यसपछिको नाजुक अवस्था रहेको भारत अघिल्लो वर्ष ९७ औं स्थानबाट खस्केर १०० मा पुगेको छ । यो वर्ष भारतले सूचकांकमा ३१.४ अंक प्राप्त गरेको छ। दक्षिण एसियामा बंगलादेश ८८ औं र श्रीलंका ८४ औं स्थानमा छ। छिमेकी मुलुक चीन २९ औं स्थानमा छ। प्रतिवेदनले ४.९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरेको छ। दक्षिण एसियाली मुलुकमा भोकमरीको समस्या कम देखिएपछि नेपालको भोकमरीको अवस्था आफैंमा भने खस्कँदो क्रममा रहेको प्रतिवेदनले देखाउँछ। वर्सेनि विश्वभर अक्टोबर १६ तारिखका दिन विश्व खाद्य सुरक्षा दिवस मनाइन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *