खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रतिको आकर्षण

ram naam satya

लुम्बिनीमा पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानी सुधार गरौँ’ भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगका बारेमा जानकारी दिने उद्देश्यका साथ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा भएको खाद्य मेला आइतबारसम्म जारी छ। मेलामा विभिन्न जातजातिका परम्परागत परिकार तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्रीवितरणका लागि राखिएको छ।

मेला अवलोकनमा आएकामध्ये अधिकांशले प्राङ्गारिक कोदो र फापरको पीठो, मकै, मकैको आँटो, स्याउको सुकुटी, अष्ट्रिच र च्याउको परिकार, भीरमौरीको मह, खुदो, गुन्द्रुक, सिस्नोको धुलो, अचार आदिमा रुचि देखाएका छन् । मेलामा थारु र मगर समुदायको संस्कारसँग जोडिएका खाद्य परिकार ढिक्री, घोँगी, खरिया, सेलरोटी, बटुक, च्याउ केराको परिकारलगायत खानेकुराका साथै समुदायको संस्कृति झल्कने परिकार राखिएका छन् ।

उपभोक्तालाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगका बारेमा जनचेतना फैलाउन मेला उपयोगी हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले बताउनुभयो। स्थानीयस्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी हुने अनलाइनखबरले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *