क्वाङ्चौ व्यापार मेलामा तिब्बती व्यवसायको प्रयास

ram naam satya

125 औं चीनको आयात-निर्यात मेला अर्थात् क्वाङ्चौ व्यापार मेलामा केही तिब्बती व्यवसायले पठारभूमिबाट बाहिर गएर यस मेलाको मौका छोप्दै सक्रिय अन्तर्राष्ट्रिय बजारको विकास गरेको देखिन्छ। क्वाङ्चौ व्यापार मेलामा भाग लिएको तिब्बती व्यापार समूहले जानकारी दिएअनुसार हाल केही वर्षयता तिब्बतले विदेशका लागि खुलापनको शक्तिलाई बढाउँदै स्थानीय व्यवसायको विकास सम्बन्धी श्रृंखलावद्ध समर्थनका कदम लागू गरेको छ। जातीय हस्तकलाको उत्पादन व्यवसाय र कृषि तथा पशुपालन सामग्रीको प्रशोधन व्यवसायलाई सक्रिय बनाउँदै तिब्बतले पनि ब्रान्डिङ डिजाइन,बौद्धिक सम्पत्ति अधिकार आदि क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ।

यस मेलाको पहिलो सहभागितामा रहेको तिब्बत सगरमाथा ग्लेशियर जल स्रोत विकास लिमिडेट कम्पनीले क्वाङ्चौ व्यापार मेलामा आफ्नो राम्रो ब्रान्ड देखाउँदै”बेल्ट एण्ड रोड”सम्बन्धी तटवर्ती मुलुक र क्षेत्रीय बजारको विकास गर्ने आशा लिएको छ। यस कम्पनीका उपाध्यक्ष चाङ्ग ये लिङ्गका अनुसार सगरमाथा ग्लेशियर जलको स्रोत सिगात्से शहरको तिङ री जिल्लाको काङ्ग का गाउँमा पर्दछ भने सगरमाथाको आधार शिविरबाट 80 किलोमिटर टाढा रहेको छ। उच्च गुणस्तरीय प्राकृतिक खानेपानी भन्ने विशेषता बोकेर चीनको खनिज पानीको जातीय ब्रान्डको विकास गर्नु नै यस कम्पनीको मुख्य अन्तर्राष्ट्रिय बजारमूलक लक्ष्य हो।

यस मेलामा भाग लिएको ल्हासा शहरको पु रै तिब्बती हनी लिमिडेट कम्पनीको तिब्बती क्षेत्रीय विशेषताले धेरैजसो विदेशी शीर्ष स्टोरको नजर आकर्षित गरेको देखिन्छ। यस कम्पनीका कमर्चारी फङ चि हाउका अनुसार यस मेलाको धेरै पटक सहभागिताबाट तिब्बती मह सिंगापुर,बेलायत,फ्रान्स आदि मुलुकमा झन झन बढी लोकप्रिय बन्दै गएको छ। यस वर्षमा आफ्नो कम्पनीको निर्यातप्रति उनले सम्पूर्ण विश्वास लिएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *