क्लोन बाँदरको जन्मभूमि चीन

ram naam satya
चीनको विज्ञान प्रतिष्ठानले चौब्बीस तारिख घोषणा गरेअनुसार, सन् 2017को नोभेम्बर २७ तारिख र डिसेम्बर ५ तारिख विश्वको पहिलो क्लोन बाँदर चुङचुङ र उस्की बहिनी ह्वाह्वा चीनमा जन्मेका थिए र त्यसबाट चीन गैरमानव प्रजाति क्लोन भएको पहिलो मुलुक पनि बनेको छ। सो प्रगतिले भविष्यमा मस्तिक रोगको उपचार गर्न र चीनको जनस्वास्थ्य क्षेत्रको ठूलो चुनौतीको सामना गर्न ठूलो योगदान गर्नसक्ने सबैको विश्वास छ।

सन् 1997 पहिलो भेडा क्लोन भएपछि घोडा, गाई, बिरालो, कुकुर आदि धेरै स्तनधारी जनावरको क्लोन पनि सफल भएका थिए तर मानवजाति जस्तो तीक्ष्ण क्लोन प्रविधि विश्वव्यापी ठूलो समस्या भइरहेको छ। चीनको विज्ञान प्रतिष्ठानका प्रमुख पाइ छुन लीले यो प्रगति चीनको विज्ञान प्रतिष्ठान समूह आफूले स्वतन्त्र रुपमा जितेको अन्तर्राष्ट्रिय उपलब्धि भएको बताउँदै यसबाट गैर मानव प्रजाति अध्ययन क्षेत्रमा चीन अग्रस्थान बसेको देखिएको जानकारी दिनुभयो।

भविष्यमा क्लोन बाँदरको आधारमा चीनले अल्जाइमर रोग, अटिज्म आदि मस्तिष्क रोग र क्यान्सर, मेटाबोलिक रोगको औषधिको अध्ययन प्रकृया अघि बढाउनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *