क्यान इन्फोटेकमा ‘ह्वावेमेट-१० प्रो’ सार्वजनिक

क्यान इन्फोटेकमा ‘ह्वावेमेट-१० प्रो’ सार्वजनिक

ram naam satya
काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको क्यान इन्फोटेक २०१८ को प्रायोजक चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले ‘हुवावे मेट १० प्रो’ सार्वजनिक गरेको छ। बहुप्रतिक्षित प्रिमियम रेन्जको स्मार्टफोनका रूपमा मेट १० प्रोलाई कम्पनीले नेपाली ग्राहकमाझ प्रस्तुत गरेको हो। बजारमा कम्पनीले यो स्मार्टफोनको मूल्य एक लाख तीन हजार रुपैयाँ तोकेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

क्यान इन्फोटेक २०१८ को गोल्ड स्पोन्सरको रूपमा रहेको कम्पनीले मेलामा हुवावेका विभिन्न उत्पादन प्रदर्शनीमा राखेको छ। त्यही प्रदर्शनीकै क्रममा कम्पनीले हुवावे मेट १० प्रो सार्वजनिक गरी ग्राहकमाझ राखेको हो। उक्त मेलामा ग्राहकलाई टच-एन्ड-फिलसमेतको व्यवस्था गरिएको छ। मेलामा कम्पनीले नेपाली बजारमा सर्वाधिक सफल उत्पादन नोभा-२ आईलाई पनि प्रदर्शनीमा राखेको जनाएको छ।

हुवावेको मेट-१० प्रो ६ इन्च फुल भ्यू १८:९ ओएलईडी डिस्प्लेमा छ। यसमा हुवावेको आफ्नै प्रोसेसर हुवावे ९७० किरिन छ जुन विश्वमै पहिलो पटक प्रयोग भएको कम्पनीले जनाएको छ।। ६ जीबी र्‍याम भएको यस फोनमा एक सय २८ जीबी इन्टरनल मेमोरी छ। स्मार्टफोनको पछाडि ओएसआई, ड्युल-एलईडी फ्ल्यास, फोके भिडियो रेकर्डिङलगायत विभिन्न फिचरसहित २०:१२ मेगापिक्सेलका दुईवटा क्यामरा छन्। त्यस्तै सेल्फीका लागि फ्ल्याससहितको ८ मेगापिक्सेलको क्यामरा रहेको कम्पनीले जनाएको छ।

यसको ब्याट्री क्षमता चार हजार एमएएच रहेको छ। एन्ड्रोइड ८.० अपरेटिङ सिस्टम रहेको स्मार्टफोनमा अक्टाकोर प्रोसेसर छ। यस फोनमा फिंगर प्रिन्ट सेन्सर, जी-सेन्सर, जिरिस्कम सेन्सर, प्रोक्सिमिडी सेन्सर, ब्यारोमिटर, इन्फ्रारेड रिमोट कन्ट्रोललगायत सेन्सर छन्। १७८ ग्राम तौल रहेको यो स्मार्टफोनमा १८ बाई ९० डिस्प्ले, २१६० बाई १०८०-४०२ पीपीआई, कलर स्याचुरेसन ११२ प्रतिशतलगायत विशेषता छन्। यो स्मार्टफोन नेपाली बजारमा मोचा गोल्ड कलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *