

(GMT+08:00) 2017-11-27 18:23:43
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सत्ताईस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली ख छ्याङको निमन्त्रणामा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुदेउले डिसेम्बर तीनदेखि सात तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने र दोस्रो चीन- क्यानाडा प्रधानमन्त्रीस्तरीय वार्षिक सम्झौता-वार्ताको आयोजना गर्नुहुने घोषणा गर्नुभएको छ।एशिया-प्रशान्त क्षेत्रका दुईवटा महत्वपूर्ण मुलुकको रुपमा रहेर चीन र क्यानाडाबीच साझा हित र सहकार्य गर्ने फराकिलो ठाउँ रहेको बताउँदै प्रवक्ता कङले अझ विकास हुने राम्रो अवसरको सामना गर्दा चीन र क्यानाडा दुवैले विकास गर्ने राम्रो प्रवृत्तिलाई कायम राख्दैजाने कुरामा जोड दिनुभएको छ।
भ्रमण अवधिमा दुवै देशका नेताहरूले साझा चासोका द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी विषयबारे विस्तृत रुपमा वैचारिक आदान-प्रदान गर्नुहुने कार्यक्रम रहेको छ। उहाँको यस भ्रमणबाट दुर्इ देश बीचको रणनैतिक साझेदारी सम्बन्धको विकासमा नयाँ जिवन्त शक्ति थपिने विश्वास पनि प्रवक्ता कङले प्रकट गर्नुभएको छ।
