कोलम्बोमा सातौँ सार्क चलचित्र महोत्सव सुरु

(GMT+08:00) 2017-11-22 16:36:43

       सार्कको संस्कृति केन्द्रद्वारा संयोजन गरिएको सातौँ सार्क चलचित्र महोत्सव हिजो नोभेम्बर 21 तारिख कोलम्बोमा आयोजना भएको छ। नेपाल,श्रीलंका,भारत,पाकिस्तान,बंगलादेश,मालद्वीप,भुटान,अफ्गानिस्तानका दशभन्दा बढी चलचित्रले सो महोत्सवमा भाग लिएका छन्। यी चलचित्रहरुमा सबैभन्दा उत्कृष्ट फिचर फिल्म, उत्तम भिडियो, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री आदि पुरस्कारको चयन गरिने भएको छ।

सार्कको संस्कृति केन्द्रका पदाधिकारीका अनुसार सार्क चलचित्र महोत्सव सार्क मुलुकको श्रेष्ठ चलचित्र प्रदर्शनीको एक महत्वपूर्ण मञ्च हो। सार्कको संस्कृति केन्द्रले यो महोत्सवमार्फत अझ बढी चलचित्र प्रेमीले दक्षिणी एशियाली चलचित्रको कला र सिर्जना शक्तिको अनुभव गर्न सक्ने आशा गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *