कोरिया प्रायद्वीपको शान्तिका लागि उत्तर कोरिया र अमेरिकाले अर्थपूर्ण पाइला चाल्नसक्ने चीनको आशा

ram naam satya

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले उत्तर कोरिया र अमेरिकाले वर्तमानको अवसर लिएर तुरुन्तै अर्थपूर्ण पाइला चाल्न सक्ने आशा चीनले लिएको बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भविष्यमा दक्षिण कोरियाले मुख्यतः वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई निर्देशन गर्ने उल्लेख गरेको छ। साथै अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले अमेरिका र दक्षिण कोरियाबीच कोरियाली प्रायद्वीपको आणविक समस्याबारे सहमति भएमा अर्थात् दक्षिण कोरियाले उत्तर कोरियासँग सम्पर्क र वार्ता गरेपछि सम्भव भयो भने अमेरिका र उत्तर कोरियाले बीचमा पनि सम्पर्क तथा वार्ता गर्ने विचार व्यक्त गर्नुभयो। त्यसको प्रतिकृया दिँदै प्रवक्ता कङ श्वाङले कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्न वार्तारहित नाकाबन्दी र दबाव लगाउने मात्र होइन नाकाबन्दीलाई वार्तासम्म रुपान्तरण गर्नुपर्ने दोहोर्‍याउनुभयो।

प्रवक्ता कङ श्वाङले कोरियाली प्रायद्वीपको स्थितिलाई सही बाटोमा लैजान अन्तर्राष्ट्रिय समूहले अरु बढी प्रोत्साहण गर्नसक्ने विचार पनि व्यक्त गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *