

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले 23 तारिख बेलुकी राष्ट्रपति भवन चेओङ वा दायमा दक्षिण कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी, राष्ट्रपतिका सहायक एवम् सल्लाहकार इभान्का ट्रम्पसँग भेटघाट गर्दै कोरियाली प्रायद्वीपको आणविक अस्त्ररहित वार्ता र दक्षिण-उत्तर कोरिया वार्ता समान्तार रुपमा अगाडि बढाइनुपर्ने कुरामा जोड दिनुभएको छ।
इभान्का ट्रम्पले भेटघाटमा प्रतिनिधि मण्डलको नेतृत्व गरी दक्षिण कोरियाको भ्रमण गरेको कुराले दक्षिण कोरिया र अमेरिकाको गठबन्धनलाई बढाउनसक्ने र दुई मुलुकका जनताको मित्रताका लागि योगदान दिनसक्ने आशा व्यक्त गर्नुभयो।

इभान्का अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दक्षिण कोरिया पुग्नुभएको थियो। उहाँले 24 तारिखदेखि 25 तारिखसम्म हिउँदकालीन ओलम्पिक खेलकुदका केही प्रतियोगिताहरूको अवलोकन गर्नुहुने र 25 तारिख प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा भाग लिनुहुने छ।
