कोख भाडामा लिएर बच्चा जन्माउने ‘सरोगेसी’ सेवा अवैधानिक

ram naam satya
  नेपालको सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ। न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन गर्न पाउनुपर्ने मागको पुनरवलोकन निवेदनमा अनुमति नपाइने फैसला सुनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

        अस्पताल, नर्सिङ होम वा स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई कुनै तरिकाले प्रत्यक्ष वा परोक्ष रुपमा सरोगेसीका लागि अनुमति नदिनू र नदिलाउनू भन्ने आदेश जारी भएको छ। अदालतको आदेशसँगै नेपालमा भाडामा कोख लिएर बच्चा जन्माउन प्रतिबन्ध लाग्नेछ।

नेपालमा सरोगेसी सेवासम्बन्धी कानूनविना नै स्वास्थ्य सेवा वा पर्यटनका नाममा सो व्यवसाय चलिरहेको थियो। ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिले स्वास्थ्य मन्त्रालयको अनुमतिविना नै सो सेवा सञ्चालन गरेको थियो। यसअघि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरोगेसी सेवा नगर्न-नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *