

संयोजक चिनियाँ संस्कृति अनुवाद तथा समर्थन नेटवर्क(सी.सी.टी.एस.एस.)का जिम्मेवार व्यक्ति स्यु पाउ फङले यस्तो डाटा भण्डारण स्थापित भएको कारणबारे जानकारी दिँदै भन्नुभएको छः विदेशमा चिनियाँ संस्कृतिबारे बुझाइ अस्पष्ट र चिनियाँ लेखक समूह भन्ने विचार नभएको वा चिनियाँ साहित्य कृतिहरूको नक्शा पनि नभएको वर्तमान अवस्थालाई सुधार गर्नको लागि हामीले यसै डाटा भण्डारण स्थापित गरेका हौँ। चिनियाँ साहित्यको जानकारी दिने यस्तो तरिका तथा परिधि पहिलोपल्ट सिर्जना गरिएको हो र यो नै चिनियाँ संस्कृति विश्वमा पुर्याउने हाम्रो प्रयास पनि हो।
सो दिन डाटा भण्डारण स्थापित समारोहपछि पहिलो सांस्कृतिक आत्म-विश्वास तथा साहित्य फैलावट मञ्च पनि आयोजित भएको छ। सांस्कृतिक आत्म-विश्वास तथा साहित्यको फैलावट शीर्षक सो मञ्चमा चिनियाँ लेखक संघका उपाध्यक्ष यान चिङ मिङ, चिनियाँ साहित्य पुरस्कार लु स्युन साहित्य पुरस्कार तथा माउ तुन साहित्य पुरस्कार बिजेताहरू लगायत विभिन्न विश्वविद्यालयका प्राध्यपकहरू र विद्वानहरूले भाग लिएका छन्।
