

अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री ज्याम्स माटिसले उन्नतीस तरिका आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले सधैं नै कूटनीतिलाई कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने मुख्य तरिकाको रुपमा व्यवहार गर्दै जाने कुरा औंल्याउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।
मन्त्री माटिसका अनुसार, हाल अमेरिकाले अन्तर्राष्ट्रिय परिधिमा कूटनीतिक र आर्थिक कदम चालिरहेको छ। अमेरिकी विदेश मन्त्री रेक्स टिलेर्सनले आगामी जनवरीको मध्यकालमा क्यानाडा र अन्य मुलुकमा कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने नयाँ उपायबारे विचार-विमर्श गर्नुहुने कार्यक्रम रहेको छ।
यस वर्षदेखि यता उत्तर कोरियाले आणविक परिक्षण चलाउनुका साथै धेरै पटकगरी क्षेप्यास्त्रको परिक्षणात्मक प्रक्षेपण गरेको छ भने अमेरिका र गणतन्त्र कोरिया दुवै देशले सैनिक अभ्यासको परिणामको विस्तार गर्दै आएका छन्। यस्तो पृष्ठभूमिमा कोरियाली प्रायद्वीपको परिस्थितिमा निरन्तर रुपमा तनावपूर्ण प्रवृत्ति देखा परेको देखिन्छ।

