कुनै समूहको थाइवान स्वतन्त्रता गतिविधि सफल नहुने

ram naam satya
चीनको राज्य परिषदको थाइवान मामिला कार्यालयका प्रवक्ता आन फङ शानले कुनै पनि समूहको कुनै पनि तरिकाको थाइवान स्वतन्त्रता लक्ष्य तथा गतिविधि कुनै पनि हालतमा सफल नहुने र त्यसमाथि दुई किनाराका देशबन्धुहरूले पक्कै कडा विरोध गर्ने धारणा व्यक्त गर्नुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता आन फङ शानले यस्तो बताउनुभएको हो। हाल थाइवान सत्तारुढले विभिन्न तरिकामार्फत दुई किनाराबीचको आदान-प्रदानलाई सीमित पारेर दुई किनाराको जनमतलाई उत्तेजित गर्दै थाइवान शान्ति तथा एकताका समर्थकलाई सताएको खबर आएको छ। त्यससम्बन्धी प्रतिकृया दिँदै प्रवक्ता आन फङ शानले थाइवान समस्याको समाधान गरी मातृभूमिको एकता हुनु नै सबै चिनियाँको साझा इच्छा हो र चीन राष्ट्रको मूल हित पनि हो भन्नुभयो। एक चीनको नीतिमा अडिग रहेर थाइवान स्वतन्त्रताको कडा विरोध गरी दुई किनाराको सम्बन्ध शान्तिपूर्ण विकास गरेका थाइवानी राजनीतिक दल, समूह, व्यक्तिको उच्च प्रशंसा गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *