

(GMT+08:00) 2017-12-02 13:46:06
ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ। गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् । यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत घटेको र सजिलो भएको किसानले बताएका छन्। बेनी नगरपालिकाका साथै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका छन्।यान्त्रीकरणमार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले विगत केही वर्षयता जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मिनीटिलर हलो वितरण गर्दै आएको छ। एउटा मिनीटिलर हलोको मूल्य रु ७५ हजारसम्म पर्छ। हलगोरु खरिदका लागि पनि उत्तिकै खर्च गर्नुपर्ने र पाल्नुपर्ने झन्झटबाट किसान मुक्त भएका छन्।
यस वर्ष कृषिको बजेट स्थानीय तहमा गए पनि नगरपालिका र गाउँपालिकाले बजेट अन्यत्र विनियोजन गर्दा यन्त्र उपकरण, मलबीउ र विषादीमा पाउँदै आएको अनुदानबाट वञ्चित हुनु परेको कान्तिपुर अनलाइनले जनाएको छ।

मिनीटिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा किसानलाई समस्या भएको छ। उनीहरू प्राविधिक विषयमा नजान्दा सामान्य समस्यामा पनि यन्त्र बोकेर बेनी पुग्नेका छन्। यसैबीच स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धन गर्न आगामी पुस २८ गतेदेखि बेनीमा छैटौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ।