काेमल अाेली राष्ट्रिय सभामा !

ram naam satya

नेकपा (एमाले) स्थायी कमिटीको ९६औं बैठक आज अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न भएको छ ।

बैठकले केही निर्णयहरु पनि गरेको छ:

१। बैठकमा अध्यक्ष ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी गराउनुभयो । पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै उहाँले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पुग्ने गरी काम गर्न निर्देशित गर्नुभयो। बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई अनुमोदन गरेको छ।

२। ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।

यसैगरी चर्चित गायिका तथा एमाले नेता कोमल वली राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने भएकी छन् । एमाले स्थायी कमिटीको आज बसेको बैठकले ५ नम्बर प्रदेशबाट वलीलाई उठाउने निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा विभिन्न प्रदेशहरुबाट उल्लेखित उम्मेदवार उठाउने निर्णय गरेको छ:

प्रदेश नं ७:
१। कमला ओली (महिला), कैलाली
२। इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
३। शेरबहादुर कुावर (खुला), अछाम
४। चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६:

१। कविता बोगटी (महिला), हुम्ला
२। नन्दा शर्मा (महिला), सुर्खेत
३। नरपति लोहार (दलित), कालिकोट
४। भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५। ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम

प्रदेश नं ५:
१। रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२। खिमलाल भट्टराई (खुला), रुपन्देही
३। मीना बुढा (महिला), रोल्पा
४। कोमल वली (महिला), दाङ

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *