काेटेश्वर-कलंकी ७० प्रतिशत काम सम्पन्न

ram naam satya
चिनियाँ कम्पनीले बनाइरहेको चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गरिसक्नुपर्ने म्याद ६ महिना मात्र बाँकी छ। हालसम्म ७० प्रतिशत काम भएको छ। बाँकी अवधिमा काम सक्न कठिन हुने देखिएको छ । चक्रपथ आयोजनाका इन्जिनियर निरञ्जन शर्मा भने समयमै काम सकिने दाबी गर्नुहुन्छ।

अहिले कोटेश्वरबाट सानेपासम्म दायाँ-बायाँको चार लेनमा सवारी साधन गुडिरहेका छन्। बीचको भागमा कालोपत्रे बिछ्याउने काम भइरहेको छ। इन्जिनियर शर्माका अनुसार कोटेश्वरबाट सातदोबाटोसम्म कालोपत्रेका लागि ‘बेस’ निर्माण सकिएको छ। आगामी असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने सम्झौता छ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किमिको कोटेश्वर-कलंकी खण्ड विस्तार भइरहेको हो। हालसम्म कोटेश्वर, वागडोल र ग्वार्कोमा मात्र आकाशे पुल निर्माण भएको छ। एकान्तकुना, सातदोबाटो र सानेपामा आकाशे पुलका लागि जग हाल्ने काम मात्र भएको छ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने। सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको अनलाइनखबरले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *