

(GMT+08:00) 2017-11-29 16:36:57
कास्कीको मोदी नदीमा कायाकिङ प्रतियोगिता हुने भएको छ। कास्कीको विरेठाँटीस्थित मोदी नदीको करिव ३ सय मिटर क्षेत्रमा प्रतियोगिता हुन लागेको हो।नेपाल कायक एण्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको सयुक्त आयोजनामा मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगीतामा देश तथा विदेशका करिब ४० खेलाडीले सहभागी जनाउनेछन्।
एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल बिधामा पर्छ। प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिने छ। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

नेपालमा कायाकिङ गर्न मिल्ने धेरै नदी भए पनि प्रवर्द्धन हुन नसक्दा पर्यटकमा अकर्षण हुन नसकेको विरेठाँटी क्यानोनिङका सञ्चालक विजय गुरुङले बताउनुभयो। साहसिक खेलका लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गरेका छन् । तर, सुरक्षित स्थानको पहिचान हुन नसक्दा यस्ता खेललाई प्रवर्धन गर्न सकिएको छैन। वीरेठाँटीमा गत असोजदेखि कायकिङ खेलाउन सुरु गरिएको अनलाइन खबरले जनाएको छ।