

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारका अनुसार, हाल चीनका लागि जर्मनीका राजदूत माइकल क्लौसले पत्रकारसँग कुराकानी गर्दै हाल चीन-जर्मनी सम्बन्धमा समस्या रहेको बताउनुभएको थियो। उहाँका अनुसार विशेष गरी गत जुन महिनामा दुई देशका सरकारले इन्टर्नेट सुरक्षा सल्लाह प्रणालीको स्थापना गर्न सल्लाह गरेकोमा वार्तामा चीन ईमान्दार नरहेकाले हालसम्म दुई पक्षले सम्बन्धित वार्ता हुन सकेको छैन। त्यसबारे प्रतिकृया दिँदै प्रवक्ता ह्वाले राजदूतको भनाइ तथ्य अनुकूल नरहेको र कालोलाई सेतो बनाएको बताउनुभयो। गत जुन महिनामा आयोजित पहिलो उच्चस्तरीय सुरक्षा वार्ता अवधिमा साइबर सुरक्षाका विषयमा दुई पक्षबीच गहिरो रुपमा आदान-प्रदान र सल्लाह भएको र चीनमा सल्लाह गर्नका धेरै पटक चीनले जर्मनीलाई निमन्त्रणा गरेपनि जर्मनीले अझैसम्म कुनै कार्यदल नखटाएको जानकारी दिनुभयो।