कान्सु प्रान्त र नेपालको तीन नम्बर प्रदेशबीच भगिनी सम्बन्ध हुने

ram naam satya

छिमेकी मुलुक चीनको कान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। कान्सु प्रान्तको लान्चौ नगरपालिका र काठमाडौं महानगरपालिकाबीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुनेछ।

नेपालसँग कान्सु प्रान्तको लान्चौ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन कान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जचियानको नेतृत्वको टोली आगामी साता नेपाल आउँदैछ।

यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्चौ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। चीनको उत्तरपश्चिम भेगमा अवस्थित कान्सुको सदरमुकाम लान्चौ हो।

आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–कान्सुको आर्थिक तथा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तय भएको छ। सोही कार्यक्रममा प्रदेशसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धमा औपचारिकरूपमा हस्ताक्षर हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ताङको नेतृत्वमा लान्चौ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार अपराह्न काठमाडौं आउँदै छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *