काठमाडौं–दिल्ली उडानको हवाई भाडामा तीन गुणा वृद्धि

ram naam satya

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो। काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन। कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काको भनाइ छ। खड्काका अनुसार एक साताअगाडि ८/९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

टिकट बिक्री गर्ने व्यवसायी आफैं दिल्लीबाट काठमाडौं फर्कने हवाई टिकट नपाएकै कारण दुई दिन लगाएर काठमाडौं आउनुपरेको छ। प्रिज्म इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक बिन्दु प्रधान गत चैत २९ गते दिल्लीबाट गोखरपुर हुँदै भैरहवाको बाटो भएर काठमाडौं फर्किनुपर्यो। सुनौलीबाट सवारीसाधनमा भैरहवा र त्यसपछि जहाजबाट काठमाडौं आएको प्रधानको भनाइ छ।

नेपालमा उडान गर्ने वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगमपछि जेट एयर सबैभन्दा बढी यात्रु बोक्नेमा पर्छ। यो वायुसेवाले सन् २०१८ मा मात्रै चार लाख ५० हजार नौ सय ४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा परेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *