काठमाडौं-कुवेत उडान सुरु

ram naam satya
(GMT+08:00) 2017-12-07 17:28:33

कुवेतको निजी स्वामित्वमा रहेको ओतानिया एयरवेजले काठमाडौं कुवेत उडान सुरु गरेको छ। काठमाडौंबाट कुवेत उडान संचालन गर्ने पहिलो कम्पनीका रुपमा ओतानिया बनेको सेतोपाटी अनलाइनले लेखेको छ। यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा जाने कामदारहरुलाई सहज बनाउनु भएको सो एयरले जनाएको छ। एयरलाइन्सले आफ्नो सेवाको सुरुवाती कुवेतसम्मको दैनिक उडानका लागि २३ हजार निर्धारण गरेको छ।

तीन ए–३२० विमान सहितको वटानिया एयरवेज्ले विश्वभरका ११ गतब्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ। साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, ओतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भन्नुभयो,’यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्त हुने हामीलाई विश्वास छ।’

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *