काठमाडौंमा नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन

ram naam satya
कफी खेतीमा लगानी आकर्षित गर्दै कफी खेतीलाई व्यावसायिक बनाउनका लागि नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन सोमबारदेखि सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना सम्मेलन सुरु भएको हो। दुई दिन चल्ने सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो।

सम्मेलनमा नेपालको कफी क्षेत्रमा कार्यरत किसान, निजी क्षेत्रका उद्यमी, सहकारी एवं गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनमा नेपालमा उत्पादित कफीको प्रदर्शनी पनि राखिएको छ। अहिले नेपालमा करिब पाँच सय १३ मेट्रिक टन ‘स्पेसियालिटी कफी’ उत्पादन भइरहेको छ। यहाँ उत्पादन भएको कफी आन्तरिक तथा विश्व बजारमा बिक्री हुने नागरिकन्यूज डटकमले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *