काठमाडौंमा काष्ठकला तथा निर्माणसम्बन्धी प्रदर्शनी

ram naam satya

भृकुटीमण्डपमा आजबाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिद्वारा संयुक्तरुपमा आयोजित प्रदर्शनी तीन दिन (माघ २८) सम्म चल्ने नागरिकन्यूज डटकमले जनाएको छ।

निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटालीलगायत देशका दुई सय २० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउनेछन् । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनरलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजक मिडिया स्पेसका निर्देशक सृजल भट्टराईले तीन दिने प्रदर्शनीमा ४० हजारभन्दा बढी दर्शक सहभागिता रहने बताउनुभयो। यसैबीच व्यवसायीहरूले प्रदर्शनीलाई आफ्नो उत्पादन र प्रविधिको बारेमा जानकारी दिने तथा ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने प्लेटफर्मको रुपमा प्रदर्शनीलाई लिएको बताएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *