काठमाडौंको वायुप्रदुषण नियन्त्रण गर्न सरकारको चासो

ram naam satya
(GMT+08:00) 2017-11-18 14:13:36

काठमाडौं उपत्यकाको वायुप्रदुषण नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयले सरोकारवालालाई डाकेर उपत्यकामा फैलिएको धुवाँधुलो नियन्त्रण गर्ने गरी काम अघि बढाउन निर्देशन दिएको छ।

वायुप्रदुषण नियन्त्रण गर्ने कार्ययोजना कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री कार्यालयले एक कमिटी गठन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले ट्राफिक प्रहरी, यातायात विभागका प्रतिनिधि, काठमाडौं महानगरपालिकाका प्रतिनिधि सहितको एक कार्यदल बनाउन लागेको जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्यालयका सहसचिव डा. नारायण रेग्मीको नेतृत्वमा उक्त कमिटी गठन गरिएको छ। काठमाडौ वायुप्रदुषण नियन्त्रण कार्यदलले ०७३ माघ २५ गते नै रिपोर्ट पेश गरेपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको थिएन। राष्ट्रिय योजना आयोगको सो कार्यदलले पेश गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न पेश गर्न सरकारले एक समिति गठन गरेको हो। शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा उपस्थित विज्ञहरुले उपत्यकामा फोहर जलाउने गरेको र त्यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव थियो।

अनलाइन खबरका अनुसार काठमाडौंको वायुमा पाइने पीएम १० को धुलो २३ प्रतिशत फोहर जलाउँदा उत्पन्न हुनेगरेको छ। तर, यसबारेमा भने मन्त्रिपरिषद कार्यालयले कुनै निर्णय गरेको छैन।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *