काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई

ram naam satya

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिइएको छ।। काठमाडौं महानगरसहित १० वटा नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने विषयमा लगानी बोर्ड र नेपवेस्ट कम्पनीबीच बुधबार परियोजना विकास सम्झौता (पीडीए)को प्रारम्भिक हस्ताक्षर भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)महाप्रसाद अधिकारी र नेपवेस्टका अध्यक्ष संगीता श्रेष्ठबीच भएको यो सम्झौतालाई महानगर र काठमाडौं अन्य नौवटा नगरपालिकाको सहमति आएपछि सरकारले स्वीकृति दिनेछ।

नेपवेस्ट नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको संयुक्त कम्पनी हो। यसले आगामी नौ महिनाभित्रै वित्तीय व्यवस्थापन गर्ने र त्यसको दुई वर्षमा आयोजना निर्माण गर्ने जानकारी अधिकारीले दिए। उनका अनुसार महानगरबाट सहमति लिनुपर्ने, सरकारले स्वीकृति दिनुपर्नेसहितको प्रक्रिया बाँकी रहेकाले अबको दुई महिनाभित्रमै अन्तिम सम्झौता गरेर नेपवेस्टले आफ्नो काम थाल्नेछ। सम्झौता भएको तीन महिना भने आवश्यक तयारीका लागि दिइएको छ।

नेपवेस्टले अबको तीन वर्षभित्रै फोहोर व्यवस्थापनमा करिब पाँच अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। निजी सार्वजनिक साझेदारीअन्तर्गत निर्माण सञ्चालन तथा स्वामित्व हस्तान्तरण (बुट) मोडलमा यो आयोजना सञ्चालन हुनेछ। नेपवेस्टले निर्माण गरेको फोहोर व्यवस्थापनको प्रणाली र भौतिक पूर्वाधारलाई २० वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने अन्नपूर्ण पोस्टले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *