

हिजो डिसेम्बर 31 तारिख “चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनबाट चीनको नयाँ युगको अवलोकन तिब्बत गोष्ठी अर्थात् चीनको तिब्बत र नेपाल संस्कृति आदानप्रदान गोष्ठी”नेपालको राजधानी काठमाडौँमा आयोजना भएको छ। नेपालका लागि चिनियाँ राजदूताबासको संस्कृति विभागका प्रमुख छि तान पाइ मु, तिब्बत स्वायत्त प्रदेशको विदेशका लागि मैत्रीपूर्ण आदानप्रदान परिषदका अध्यक्ष ल्वो थ्ये चु, नेपाली सरकारी पदाधिकारी, प्रसिद्ध विद्बान, नेपाल चीन मैत्री संघसंस्थाका जिम्मेवार व्यक्ति, बौद्धिक व्यक्तित्व, सञ्चार माध्यमका प्रतिनिधिहरुले आफसमा चीन र नेपालबीचको सहयोगलाई गहन पार्नेमा बैचारिक आदानप्रदान गरेका छन्।
अध्यक्ष ल्वो थ्ये चुले सो गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टीको 18 औँ महाधिवेशन भएदेखि यता चीन विशेष गरी तिब्बतको विकास उपलब्धिको जानकारी दिनुका साथै 19 औँ महाधिवेशनपछि चीनको विकासको नयाँ विचारधारण गरेको प्रकाश पार्नुभएको छ। साथै उहाँले चीन र नेपालबीचको मैत्रीपूर्ण आदानप्रदानको इतिहासको पूनरावलोकन गर्दै यी दुबै मुलुकबीचको सम्बन्धको विकासको भविष्यमाथि पनि प्रकाश पार्नु भएको छ।

नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सयबर्ष विजयकाे अवधि र दाेस्राे सयबर्ष शुरुकाे अवधिमा सम्पन्न भएको १९अाैं महाधिवेशनपछिकाे पहिलो पूर्ण बैठकबाट सी चिन फिङको राजनैतिक प्रतिष्ठा अझ उँचो देखा पर्नुका साथै चिनियाँ आर्थिक सामाजिक विकास अघि बढाएको, चीनको अन्तर्राष्ट्रिय स्थानलाई सुदृढ पारेको, चीनको सैन्य क्षमताको प्रभावकारिता बढाउने सन्देश दिएको, विश्वलाई एक परिवारमा समाहित गरेर अाफु सँगसँगै अघि बढ्न चाहेको साथै नेपालले विश्वकै महान नेता कमरेड सी चिनफिङ्गकाे अभिभावकत्व पाउने विश्वास र भराेसा बढेको बताउनुभयो।
चिनियाँ कम्यनिष्ट पार्टीको 19 औँ महाधिवेशनबाट पारित निर्णयले चीन-नेपाल मैत्री तथा सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सुदृढ पार्न हितकर हुने, चीन र नेपालबीचकाे ऐतिहासिक भातृत्व सम्बन्ध जनस्तरमा प्रगाढ र सुमधुर हुने तथा नेपाल र चीन एक परिवार सम्बन्ध सफलताका साथ स्थापित हुनेछ विश्वास लिएकाछाैं साथै दुई पक्षले संयुक्त रुपमा विभिन्न पक्षको सहयोगलाई विकास पार्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा रचनात्मक सहयोगलाई अघि बढाउने पनि हामीले आशा लिएका छाैं, भन्नुभयो।

नेपालको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दर नाथ भट्टराईले चीनले प्राप्त गरेको उपलब्धि हेर्दा छिमेकी मुलुकको रुपमा नेपालले गर्व गरेको बताउनुभयो। चीनको विकासबाट नेपालले लाभ प्राप्त गर्नसक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

