ओलम्पिक कमिटिद्वारा चार पक्षीय सम्मेलनको आयोजना

ram naam satya
स्थानीय समय जनवरी बीस तारिख अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले स्विट्जरल्याण्डको लुसानेनस्थित मुख्यालयमा चार पक्षीय सम्मेलनको आयोजना गरेर दक्षिण र उत्तर कोरियाले संयुक्त रुपमा प्योङछाङ हिउँदे ओलम्पिक समारोहमा भाग लिने बारे छलफल गरेको छ। सम्मेलनबाट अन्तिम निर्णय पाएअनुसार, उत्तर कोरियाले बाईस जना खेलाडीलाई पठाएर फेब्रुअरीमा आयोजना हुने प्योङछाङ हिउँदे ओलम्पिकमा भाग लिने छ।

दुई मुलुकका प्रतिनिधिमण्डलले उद्धाटन समारोहमा कोरियाली प्रायद्विपको झण्डा लिएर संयुक्त रुपमा खेलमैदानमा प्रवेश गर्नेछन्। यसका साथै दुई मुलुकले पहिलो पटक संयुक्त रुपमा महिला आइसहकी टोलीलाई प्रतियोगितामा सहभागी गराउने भएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रमुख थमस बाचले सम्मेलन समाप्तपछि एउटा विज्ञप्ति सार्वजनिक गर्दै सोही दिन महत्वपूर्ण उपलब्धि हासिल भएकोमा प्रशंसा गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *