एसबीएसको 40औं शाखा टाशिलिङ सचिवालयमा

एसबीएसको 40औं शाखा टाशिलिङ सचिवालयमा

ram naam satya

गान्तोक, 6 मई। सिक्किमको धरोहर ब्याङ्कको रूपमा परिचित सिक्किम राज्य ब्याङ्क (एसबीएस)को नयाँ टाशिलिङ सचिवालय शाखाको उद्घाटन सितै आफ्नो चालिसऔं शाखा खोल्ने प्रक्रिया पूरा गरेको छ। छोग्यालकालीन एसबीएसको नयाँ शाखा सिक्किम सरकारका मुख्य सचिव आलोककुमार श्रीवास्तवको बाहुलीबाट गरियो। 2011- सालको भुइँचालो पछि ध्वस्त सचिवालय पुन निर्माण गरिएपछि ब्याङ्कको नयाँ शाखा खोलिएको हो। यस भन्दा अघि डेवलपमेण्ट एरियाको मनन भवनमा सरेको एसबीएस शाखा यथावत नै राखिने भएको छ भने नयाँ शाखामा सचजिवायको कर्मचारीहरूमात्र नभएर आम मानिसहरूले पनि सबै प्रकारको वित्तीय कारोबर गर्नसक्ने एसबीएसका महाप्रबन्धक हेमकुमार छेत्रीले बताए। कार्यक्रम पछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्य सचिव श्रीवास्तवले राजाको पालादेखिको यो ब्याङ्क सधैं सिक्किमे जनताको सेवामा रहेको र यसमा आएको उतार चडाउहरूलाई समाधान गर्दै लानुपर्ने अनि धेरै भन्दा धेरै ग्राहकहरूले ब्याङ्किङ सेवाको सुविधा उपभोग गर्नुपर्ने बताए। यो ब्याङ्कको सेवामा थप नयाँ सुविधाहरूपनि उपलब्ध गराउँदै जाने अनि सिक्किमको धरोहर एसबीएसलाई अझै जनमुखी पार्ने पनि बताए। उद्घाटन कार्यक्रममा अतिरिक्त मुख्य सचिव भीबी पाठक समेत ब्याङ्कका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *