एसकेएमको संसदीय समिति भङ्ग, गोलेले गरे सरकार भएपछि झण्डाको राजनीति अन्त गर्ने घोषणा

एसकेएमको संसदीय समिति भङ्ग, गोलेले गरे सरकार भएपछि झण्डाको राजनीति अन्त गर्ने घोषणा

ram naam satya

गान्तोक, 6 मई। हिमाली राज्य सिक्किमको आम चुनाउ सक्किएको 25 दिन पछि प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सभा बसेर चुनाउको निम्ति गठित संसदीय समिति भङ्ग गरियो। एसकेएम अध्यक्ष पीएस गोलेले सभामा संसदीय समिति भङ्ग गरिएको घोषणा गरेको थिए। सभामा एसकेएम पार्टीद्वारा ३२ बिधान सभा समष्टिमा उठाएका उम्मेदवार अनि एक्लो लोकसभा उम्मेदवारको रूपमा चुनाउमा उम्मेद्वारिता दिएकाहरूको परिचय केन्द्रीय कार्यकारिणी समिति समक्ष राखियो।

केन्द्रीय कार्यकारिणी समितिको सभालाई कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चा अनि कार्यकारी अध्यक्ष एम पी सुब्बाले पनि सम्बोधन गरेका थिए भने समितिको बिभिन्न सदस्य / सदस्याहरुले आ – आफ्नो मत प्रकट गर्दै आउदो सरकारमा संविधानको धारा ३७१ (एफ) अनि सिक्किमको पुरानो कानून र रूल फोर (फोर) को पूर्ण रूपमा सुरक्षा हुनु पर्नेमा जोड़ दिएका छन् । सम्पूर्ण केन्द्रीय कार्यकारिणी समिति लगायत उम्मेदवारहरु प्रति पार्टीको तर्फबाट लिखित धन्यवाद ज्ञापन पार्टी प्रचार – प्रसार उपाध्यक्ष बिरेन्द्र तामलिंगले पठन गरेका थिए।
अन्तमा सभालाई पार्टी अध्यक्ष पीएस गोलेले सम्बोधन गर्दै यो सभा बोलाउनुको मुख्य उद्देश्य अहिलेसम्म खटिएका कार्यकर्ताहरुलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नु रहेको बताए।

२०१४ को चुनाउमा सिक्किमे जनताले बिश्वास गरेर जिताएका बिधायकहरुले सिक्किम र सिक्किमेली जनतालाई धोका दिएर बिक्री भएको तर अहिले सिक्किमे जनताले बिकुवाहरुलाई सबक सिकाएको छ र यो चुनाउमा जित्ने बिधायकहरुले सिक्किमे जनताको इज्जत र इम्मानदरितालाई ध्यानमा राख्ने छ भन्नेमा आफु बिस्वस्त रहेको मन्तव्य व्यक्त गरे। उनले आफ्नो जिन्दगीको साह्रै अप्ठ्यारो समय टिकट दिने समयमा भएको र त्यस समय आफ्नो मन रुएको बेला पनि कार्यकर्ताहरुले कहिले मन नदुखाई रात दिन खटेको र एसकेएम पार्टीलाई सरकार बनाउने संघारमा पुन्याएको दाबी गरे। यसपालीको चुनाउमा सिक्किमे जनता अनि कर्मचारीहरुले आफ्नो जिम्मेवार र काम सकेकोछ तर अब जिम्मेवार हाम्रोमा आएको छ भनि बताए। उनले पार्टी कार्यकर्ताहरु खुसीमा मतिन्नु हुदैन र दुःखमा अतिन्नु हुँदैन, पार्टीको कार्यकर्ताहरुले अनुसाशन कायम गरेर चुनाउमा कुनै अप्रिय घटना भएन शान्ति पूर्वक चुनाउ सम्पन्न भयो यसमा पार्टीको तर्फबाट धन्यवाद चढ़ाउछु भनि बताए। पार्टी कार्यकारी अध्यक्ष श्री एमपी सुब्बाज्युले संसदीय समितिले आफ्नो नाम यांगथांग समष्टि उम्मेदवारीता घोषणा भए पनि त्यहाँको एक होनहार युवाको निम्ति आसान छोड़ि दिएर आफ्नो उम्मीदवारिता फिर्ता लिएर सिक्किमको राजनीतिमा इतिहासिक कायम गरेको बताउँदा आभार प्रकट गरेका थिए ।यसैगरि पार्टीको सबै भातृ संगठनका कार्यकर्ता अनि पदाधिकारीहरूलाई पनि आभार प्रकट गरे। यसैगरि पीएस गोलेले एसकेएम पार्टीको संबिधानमा एक मान्छे एक पद रहेको अनि सरकार आए पछि यो पार्टीमा लागु गर्नेछौं र अहिले म्म एसडीएफ पार्टीले गरेको प्रथालाई तोड़नु पर्छ, हाम्रो सरकारमा पक्का ब्यवस्था परिवर्तन हुनुपर्छ, हाम्रोबाट शुरू हुनुपर्छ, सरकारले पार्टी चलाउने होइन अब पार्टीले सरकार चलाउनु पर्छ,सिक्किमलाई मात्र होइन हामी संसारलाई ब्यवस्था परिवर्तन गरेर देखाउनु सक्नुपर्छ, एसकेएम पार्टीको सरकारले राज्यमा यस्तो काम गर्नु सक्नु पर्छ २०२४ को चुनाउमा जनतालाई भोट मांगनु नपरोस, हामीले तयार पारेको चुनाउ घोषणा पत्रमा रहेको कुरालाई हाम्रो सरकारले पाँच बर्षमा पूरा गर्नेछ, एसकेएम पार्टीको कार्यकर्ताहरु अब सिक्किम नव निर्माणको क्रान्तिमा ल्याउनुपर्छ भन्ने दाबी पनि गरे।

चुनाउको समयमा पनि हाम्रो कार्यकर्ताहरुले शान्ति कायम गरयो र अब चुनाउ जितेर पनि हामी शान्ति कायम गर्नेछौं भोट दिने – नदिने सबैलाई धन्यवाद दिनेछौं, यो एसकेएम पार्टीको कार्यकर्ताहरुको अनुशासन हो अनि हाम्रो कार्यकर्ताहरु अनुशासित छन् , यसमा सिक्किमेली जनतालाई बिस्वास दिलाउनेछौं, एसकेएम पार्टीको तर्फबाट कुनै प्रकारको अशान्ति हुने छैन अनि सरकार आउने बित्तिकै झण्डाको राजनीति अन्त गर्नेछौं भनि अध्यक्ष गोलेले आफ्नो सम्बोधनमा बताएको बिरेन्द्र तामलिङद्वारा जारी प्रेस बयानमा उल्लेख गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *