एशिया-युरोप विदेश मन्त्रीस्तरीय सम्मेलन म्यान्मारमा हुने

ram naam satya
(GMT+08:00) 2017-11-16 18:42:11

तेह्रौं एशिया-युरोप विदेश मन्त्री सम्मेलन यसै महिनाको बीसदेखि एकाईस तारिखसम्म म्यान्मारको राजधानी न्येपिटावमा आयोजना गरिने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सोह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा म्यान्मारको गृह मामिला नेता आङ सान सुकीको निमन्त्रणामा चीनका परराष्ट्र मन्त्री वाङ यी प्रतिनिधि मण्डलको नेतृत्व गरेर त्यस सम्मेलनमा सहभागी हुनुहुने जानकारी दिनुभएको छ।

सम्मेलन अवधिमा परराष्ट्र मन्त्री वाङले अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति, एशिया-युरोप आपसी सम्पर्क र सहकार्य तथा अन्य साझा चासोका विषयहरूबारे चीनको अडान र धारणा व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ। यसका अतिरिक्त मन्त्री वाङले सम्बद्ध मुलुकका प्रतिनिधि मण्डलका प्रमुखसँग भेटघाट गरी संयुक्त रुपमा चुनौतीको सामना गरेर एशिया-युरोप सहयोगका लागि विकासमा नयाँ जिवन्त शक्ति थपिदिनुहुने छ।

प्रवक्ता कङका अनुसार, यस सम्मेलनको मुख्य विषय साझेदारी सम्बन्धलाई मजबुत पार्नु र शान्ति तथा दिगो विकासलाई अघि बढाउनु भन्ने रहेको छ।

एशिया र युरोपका विभिन्न पक्षहरूले यस सम्मेलनको सुअवसर समातेर सहयोगमार्फत चुनौतीको सामना गर्ने सकारात्मक संकेत दिने आशा चीनले गरेको कुरा पनि प्रवक्ता कङले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *