एशियाली पूर्वाधार लगानी बैंकको दोश्रो वार्षिकोत्सव

ram naam satya
सन् 2016 को जनवरी सोह्र तारिख एशियाली पूर्वाधार लगानी बैंक औपचारिक रुपमा सञ्चालन शुरु भएको थियो। दुई वर्षदेखि एशियाली पूर्वाधार लगानी बैंक ५७ वटा सदस्यहरुबाट चौरासी वटा सदस्यसम्म विस्तार भएको छ। बैंकले १२ वटा मुलुकमा चौबीस वटा आधारभूत प्रबन्ध निर्माण कार्यक्रमका लागि लगानी गरेको छ।

गत वर्षको डिसेम्बर मध्यतिर एशियाली पूर्वाधार लगानी बैंकको निर्देशक बोर्डले कुक टापुहरू, नोभेल्होटो, बेलारूस र इक्वाडोर यी चार वटा सदस्य मुलुकको भाग अनुमोदन गरेको थियो। हालसम्म एशियाली पूर्वाधार लगानी बैंकको सदस्य मुलुकको कूल संख्या 84 वटा पुगेको छ। चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन केन्द्रका अनुसन्धानकर्ता छङ फङ यीङले आधारभूत प्रबन्धको लगानी क्षेत्रमा धेरै मौका रहेको, विशेषतः एशियामा आधारभूत प्रबन्धको लगानीको धेरै आवश्यक्ता रहेको बताउनुभयो।

दुई वर्षअघि स्थापना भएयता एशियाली पूर्वाधार लगानी बैंकले लगानी गरेका सबै कार्यक्रम आधारभूत प्रबन्ध सम्बन्धित कार्यक्रम रहेका छन्।

थाहाभए अनुसार, २ वर्षदेखि एशियाली पूर्वाधार लगानी बैंकबाट लगानीकृत कार्यक्रमको संख्या चौब्बीस वटा पुगेको छ भने ऋणको कूल रकम चार अर्ब बीस करोड अमेरिकी डलर पुगेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *