एलआरआई स्कुलमा चिनियाँ नयाँ वर्ष !

एलआरआई स्कुलमा चिनियाँ नयाँ वर्ष !

ram naam satya

काठमाडौँको कलङ्कीमा रहेको एलआरआई स्कुलले चिनियाँ नयाँ वर्षका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ। फेब्रुअरी २६ तारिख सोमबार आयोजित सो समारोहमा चिनियाँ स्वयंसेवी शिक्षकशिक्षिका तथा चिनियाँ भाषा सिकिरहेका नेपाली विद्यार्थीहरुले गायन तथा नृत्यकला प्रदर्शन गरेका छन्।
सो कार्यक्रममा बेइजिङ महिला वैदेशिक आदानप्रदान परिषदका उपाध्यक्ष ली होङ मैको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि सो समारोहमा सहभागी भएको छ। कार्यक्रममा लीले आफ्नो प्रतिनिधिमण्डलले सांस्कृतिक दूतका रुपमा चीनको मित्रता तथा माया नेपालमा फैलाउने इच्छा व्यक्त गर्नुभयो।

एलआरआई स्कुलका प्रिन्सिपल डा देउकान्त जोशीले चिनियाँ वसन्त चाडको शुभकामना व्यक्त गर्दै चीनले नेपाललाई धेरै सहयोग प्रदान गरेको बताउनुभयो। चिनियाँ भाषा सिकेर नेपालका सबै तह र तप्काका जनताले लाभ प्राप्त गर्ने बताउँदै उहाँले सुन्दर हिमालय राष्ट्र नेपालमा चीनले धेरै माया गरेको उल्लेख गर्नुभयो।

सो कार्यक्रममा काठमाडौँस्थित चिनियाँ सिन्च पुस्तक पसलले एलआरआई स्कुललाई १२० थान चिनियाँ पुस्तकहरु प्रदान गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *