एमाले र माओवादी सांसदको संयुक्त बैठक

ram naam satya

नेपालका वर्तमान सत्तारुढ बामपन्थी गठबन्धनका मुख्य दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्यको संयुक्त बैठक बस्ने भएको छ। दुई दलबीच एकीकरण प्रक्रिया सुरु भइरहेको बेला प्रतिनिधिसभा सदस्यको संयुक्त बैठक आज शनिबार बस्ने भएको गोरखापत्र अनलाइनले लेखेकव छ। माघ २० गते हुने प्रतिनिधिसभा सदस्यको शपथग्रहण हुनुभन्दा एक दिनअघि दुई दलका सांसदको संयुक्त भेला बोलाएको हो।

नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने सो संयुक्त भेलालाई एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। उहाँहरूले देशको समसामयिक राजनीतिक अवस्था, पार्टी एकीकरणको प्रक्रिया, संसद्मा प्रस्तुति लगायत विषयमा सांसदलाई जानकारी गराउनुहुनेछ।

सङ्घीय संसद्को पहिलो बैठक फागुन २१ गते बस्दैछ। बैठकमा कसरी प्रस्तुत हुने, आफ्ना एजेन्डा कसरी उठाउने लगायत विषयमा पार्टीका अध्यक्षहरूले प्रशिक्षण दिने सांसद रामेश्वर राय यादवले बताउनुभयो। संसद्मा एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद हुनुहुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *