एपेकको पचीसौँ अनौपचारिक शिखर सम्मेलन सम्पन्न

ram naam satya
(GMT+08:00) 2017-11-12 14:35:23
एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठन एपेकको पचीसौँ अनौपचारिक शिखर सम्मेलन हिजो नोभेम्बर एघार तारिख भियतनामको डा नाङ शहरमा सम्पन्न भएको छ। सम्मेलनले घोषणा पत्र पारित गर्दै बहु-पक्षीय व्यापार प्रणालीको समर्थन दिन विभिन्न सदस्य आर्थिक समुदायलाई आह्वान गरेको छ।चीनको परराष्ट्रमन्त्रालयको अन्तर्राष्ट्रिय अर्थतन्त्र विभागका प्रमुख चाङ च्युनले हिजो एघार तारिख आयोजित पत्रकार सम्मेलनमा सो सम्मेलन उपलब्धिमुलक भएको बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिन फिङले एशिया तथा प्रशान्त क्षेत्रको खुला अर्थतन्त्र बढाउने, एशिया तथा प्रशान्त क्षेत्रबीचको साझेदारी सम्बन्धलाई गहन पार्ने र सो क्षेत्रको भविष्य विकास तयारी गर्ने आदि महत्वपूर्ण विषयबारे आफ्नो अडान देखाएर व्यापक सहमत पाउनुभएको जानकारी दिँदै सम्मेलनले पारित गरेको घोषणा पत्र एशिया तथा प्रशान्त क्षेत्रको विकासको लागि निकै महत्वपूर्ण भएको बताउनुभयो।

उहाँले एशिया तथा प्रशान्त क्षेत्र व्यापारिक तथा लगानी खुपालन तथा स्वतन्त्रतालाई प्रबर्द्धन गर्नु नै एपेकका विभिन्न सदस्य आर्थिक समुदायको मिशन रहेको उल्लेख गर्नुभयो। चाङ च्युनका अनुसार, सम्मेलनबाट एपेक सहयोगको प्रवृत्ति कायम राखिएको छ साथै विभिन्न पक्षले क्षेत्रीय आर्थिक सहयोग बढाउने इच्छा देखाएर आर्थिक सहयोगमा एपेकको नेतृत्व भूमिकामाथि सक्रिय मूलयाङ्कन गरी सन् 2020 अघि व्यापारिक संरक्षणवादको अन्त्य गर्ने वचनबद्धता पुनःउठाएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *