एपेकको पचीसौँ अनौपचारिक शिखर सम्मेलनमा सी चिन फिङको सम्बोधन

ram naam satya
(GMT+08:00) 2017-11-12 14:26:13

एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठन एपेकको पचीसौँ अनौपचारिक शिखर सम्मेलन भियतनामको डा नाङ शहरमा आयोजना भएको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हातमा हात मिलाएर एशिया तथा प्रशान्त क्षेत्र सहयोगको साझा जित अवस्थाको नयाँ पृष्ठ लेख्ने शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभयो। सो अवसरमा उहाँले एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न पक्षले नवीन सिर्जनालाई प्रबर्द्धन गर्न अडिग रहेर खुपापनलाई अरु विस्तृत पारी उदार विकासको सक्रिय रुपमा पालना गरी विश्वको नयाँ विकासको नेतृत्व गर्नुपर्ने दोहोर्‍याउनुभयो।

सी चिन फिङले विश्व अर्थतन्त्रको गहिरो तथा महत्वपूर्ण परिवर्तन भइरहेकाले एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न पक्षले कार्वाही चलाएर विश्वको नयाँ विकास तथा समृद्धिको नेतृत्व गर्नुपर्ने भन्दै नवीन सिर्जना बढाएर बलियो विकास शक्ति बनाउने, खुपालनलाई विस्तृत गरी फराकिलो विकास क्षेत्रको सिर्जना गर्ने, उदार विकासको सक्रिय रुपमा बढाएर सर्वसाधारणलाई अरु फाइदा पुर्‍याउने, साझेदारी सम्बन्धको अर्थलाई बढाएर आपसी हितयुक्त साझा जितको अवस्था बनाउने कुरा दोहोर्‍याउनुभयो।

सो अवसरमा राष्ट्राध्यक्ष सीले एशिया तथा प्रशान्त क्षेत्रको खुपालन विकास वातावरणको संरक्षणबाट व्यापार तथा लगानी गर्न अनुकूल शर्तको सिर्जना गरिएको र सो क्षेत्रको अन्तर्क्रियाशीलता सहयोगको नयाँ क्षेत्र स्थापना गरी आर्थिक विकासको ठूलो संभव निकालिएक भन्दै यी दुई अवस्था रहेकोले केही समययता सो क्षेत्रको स्थिर तथा छिटो आर्थिक विकास भएर विश्व आर्थिक पुनःरुत्थान हुन स्थिर शक्ति प्रदान गर्नसकेको जानकारी दिनुभयो। सहयोगी विश्वासको सुदृढता दिएर स्वतन्त्र तथा खुला व्यापार तथा लगानीको संरक्षण गरी एशिया तथा प्रशान्त क्षेत्रको स्वतन्त्र व्यापारिक क्षेत्रको निर्माण बढाएर अन्तर्क्रियाशीलताको योजनालाई व्यवहारमा उत्तार्नुपर्ने कुरा पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *