एपेकको उद्योग तथा वाणिज्य नेतागण शिखर सम्मेलनमा सीको सम्बोधन

ram naam satya

(GMT+08:00) 2017-11-11 15:56:30

15:56:30 चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर १० तारिख भियतनामको डा नाङमा आयोजित एशिया-प्रशान्त आर्थिक तथा व्यापारिक संगठन(एपेक)को उद्योग तथा वाणिज्य नेतागण शिखर सम्मेलनमा भाग लिनुभई ‘विश्व अर्थतन्त्रको परिवर्तन अवसरमा एशिया-प्रशान्तको अझ ठूलो विकास गरौँ’ शीर्षकमा सम्बोधन गर्नुभएको छ। उहाँले विश्व द्रुत परिवर्तनसँगै ऐतिहासिक प्रक्रियामा रहिरहेको र विश्वको अर्थतन्त्रको अझ गहिरो परिवर्तन भैरहेका परिस्थिति अनुकूल आ-आफ्ना कर्तव्य बहन गरेर एशिया-प्रशान्त क्षेत्रको विकास र समृद्धिको उज्ज्वल भविष्य संयुक्त रूपमा सिर्जना गर्ने कुरामा जोड दिनुभएको छ। एशिया-प्रशान्त विश्व अर्थतन्त्रको सबभन्दा ठूलो भाग रहेको उल्लेख गर्दै विश्वको आर्थिक बृद्धिको एक महत्वपूर्ण इन्जिन भएकाले विश्व आर्थिक विकास प्रवृत्ति हेरेर ठीक नियमको पालना गर्दै ठीक दिशा छानेर विश्व अर्थतन्त्रको गहिरो परिवर्तनको सामना गर्नुपर्ने विचार पनि सीले व्यक्त गर्नुभएको छ।

सीले विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीनले आफ्नो जिम्मेवारी बारे राम्रोसँग बुझेकाले चौतर्फी रूपमा सुधार गर्दै विकासका बाधा हटाएको र बृद्धिको निहित शक्ति थप्दै आएको जानकारी दिनुभएको छ। उहाँले गत महिना सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्वाही कार्यक्रम तथा विकास योजना तर्जुमा गरिएको पनि औँल्याउनुभएको छ। चिनियाँ जनताको नयाँ यात्रा शुरू भएको उहाँले पुष्टि गर्नुभएको छ। उहाँका अनुसार, यो नयाँ यात्रा नै सुधारलाई गहन पार्दै लगातार रूपमा विकासको जीवन्त शक्ति थप्ने यात्रा हो र विश्वउन्मुख अझ उच्चस्तरीय खुलस्त अर्थको विकास गर्ने यात्रा पनि हो। यसका अतिरिक्त, जनतालाई केन्द्रित गरी नयाँ र सुन्दर जीवनतिर लग्ने नयाँ यात्रा पनि रहेको उहाँले बताउनुभयो। नयाँ ढाँचाका अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गरी मानवजातिको संयुक्त भाग्यको समूहको निर्माण गर्ने नयाँ यात्रा रहेको राष्ट्राध्यक्ष सीले प्रकाश पार्नु भएको छ। चीनले शान्तिपूर्ण विकासको बाटोमा नयाँ ढाँचाका अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गरी विश्वको संचालन प्रणालीको सुधार तथा निर्माणमा सक्रियताका साथ भाग लिँदै जाने छ। साथै चीनले अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक परिपाटीलाई अझ न्यायोजित र निष्पक्ष दिशातिर विकसित पार्दै जाने छ। सीले हातमा हात मिलाएर एशिया-प्रशान्त क्षेत्रको राम्रो भविष्य सिर्जना गर्ने आह्वान पनि गर्नुभएको छ। सम्बोधनपछि चीनका राष्ट्राध्यक्ष सीले पेरूका राष्ट्रपतिसँग छोटो भेट पनि गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *