“एक पेटी एक मार्ग” अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन आयोजना हुनुअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा विदेशी नेताहरुसँग भेट-वार्ता

ram naam satya

दोस्रो “एक पेटी एक मार्ग” अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन आज बिहिबारबाट सुरू भएको छ। २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यस सम्मेलनमा सहभागी हुनुहुने विदेशी नेताहरुसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले अझ धेरै मुलुक “एक पेटी एक मार्ग”को निर्माणमा सहभागी भएको बताउँदै सोबाट “एक पेटी एक मार्ग”को निर्माणद्वारा विभिन्न मुलुकको विकासलाई अनुकूल बनाउने बताउनुभयो।

२४ तारिख राष्ट्राध्यक्ष सीले मोजाम्बिकका राष्ट्रपति फिलिप न्यूसी, इथियोपियाका प्रधानमन्त्री अबी अहमद, जापानका प्रधानमन्त्रीका विशेषदूत तोशीहिरो निकाइ, म्यान्मारका वरिष्ठ नेता परराष्ट्रमन्त्री आङ साङ सुकी तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक क्रिस्टिन लगार्डसँग छुट्टा-छुट्टै रुपमा भेट-वार्ता गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *