एआईआईबी बहुपक्षीय अन्तर्राष्ट्रिय संस्था 

ram naam satya
एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीका प्रमुख तथा संचालक समिति अध्यक्ष चिन ली छ्युनले यो बैंक चीनको मात्र नभइ बहुपक्षीय अन्तर्राष्ट्रिय संस्था भएको बताउनुभएको छ।

चिन ली छ्युनले हिजो जनवरी १५ तारिख हंगकंगमा आयोजित एसियाली बैंकिंक मञ्चलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, एसियाली पूर्वाधार लगानी बैंकको स्थापना चीनले प्रस्ताव गरेको भए पनि यो बैंकलाई चीनको बैंक भन्नु गलत हुनेछ। एसियाली पूर्वाधार लगानी बैंक ५७ वटा संस्थापक सदस्य मुलुक रहेको एउटा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्था हो र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम चल्ने कुरामा उहाँले जोड दिनुभयो।

चिन ली छ्युनका अनुसार, अहिले एसियाली पूर्वाधार लगानी बैंकमा ८४ वटा सदस्य मुलुक छन् र भविष्यमा यसका अरु बढी सदस्य मुलुक हुनेछन्। उहाँले अन्तर्राष्ट्रिय संस्था बीचको सहयोगलाई सबल पार्न आह्वान पनि गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *