ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व ऊर्जा परिषद्लाई आग्रह

ram naam satya
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गर्नुभएको छ। परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहनुभएका डा थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै सो आग्रह गर्नुभएको हो।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकका राजनीतिक स्थिरता कायम भइसकेको भन्दै राजदूत थापाले सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह गर्नुभयो। नेपालको जलविद्युत् क्षमतालाई आर्थिक विकासको मेरुदण्डका रुपमा लगानी र सहभागिता बढाउन तथा विश्व ऊर्जा समुदायमा नेपालको उपस्थिति जनाउन सरकारको तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताएको लण्डनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परिषद्को स्थायी प्रतिनिधिमा डा सुवेदी नियुक्त भएकामा महासचिव फेइले नेपालको सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध गर्नुभयो। नेपालको आर्थिक विकासका लागि ऊर्जाको विकास अपरिहार्य रहेको बताउँदै उनले भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुनःनिर्माणका साथसाथै ऊर्जाको दिगो विकासमा ध्यान केन्द्रित गर्नुपर्ने र यसका लागि आफ्नो र परिषद्को आवश्यक सहयोग रहने धारणा व्यक्त गरे।

राजदूत डा सुवेदीले महासचिव फेइलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको विज्ञप्तिमा उल्लेख छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *