उपग्रह प्रक्षेपणपछि चिनियाँ राष्ट्राध्यक्ष र इटलीका राष्ट्रपतिबीच बधाइ आदानप्रदान

ram naam satya
चिनियाँ विद्युतीय चुम्बकीय निगरानी परीक्षण उपग्रह “चाङ्ग हङ्ग एक” फेब्रुअरी 2 तारिख च्यु छ्यान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरियो। यसै सन्दर्भमा फेब्रअरी २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा इटलीका राष्ट्रपति सेर्गीओ मातारेलाले बधाइ सन्देश आदानप्रदान गर्नु भएको छ।

बधाइ सन्देशमा राष्ट्राध्यक्ष सीले यसै उपग्रह परियोजनाको सहयोगमा हासिल गरिएको यो महत्वपूर्ण उपलब्धि नै चीन र इटली बीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको मुख्य प्रतिनिधित्व रहेको र यसबाट भूकम्पको चेतावनी, प्रकोप निवारण तथा नियन्त्रण लगायतका क्षेत्रमा दुवै देशको प्रविधिलाई उकास्ने क्रममा ठूलो भूमिका निवार्ह हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। चीनले इटलीसँगै मिलेर विभिन्न क्षेत्रमा हुने पारस्परिक आदानप्रदान तथा सहयोगलाई प्रवर्द्धन गर्दै दुई देश तथा जनताको हित-कल्याण सिर्जना गर्ने क्षेत्रमा अझ महत्वपूर्ण काम गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

इटलीका राष्ट्रपति सेर्गीओले यो उपग्रहको सफल प्रक्षेपषण नै आपसी सहयोगमा हासिल भएको ठूलो उपलब्धि रहेको बताउँदै बैज्ञानिक अनुसन्धान क्षेत्रमा दुई देश बीचको बलियो साझेदारी सम्बन्धलाई प्रतिविम्वित गरिएको विचार व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो बधाइ सन्देशमा चीनसँगै मिलेर विभिन्न क्षेत्रमा हुने विविध सहयोगमा अझ धेरै प्रतिफल र उपलब्धि हासिल गर्ने इच्छा पनि प्रकट गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *